डोटीमा मिनिट्रक दुर्घटनामा तीन जनाको मृ*त्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डोटी: डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३४२८ नम्बरको मालबाहक मिनिट्रक बुधबार बिहान करिब ५:४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सडकबाट करिब ५० मिटर तल खसेको मिनिट्रकमा सवार सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

मृत्यु हुनेहरूमा बझाङको बुङ्गल नगरपालिका–२ मलौरा निवासी ३२ वर्षीय चालक तथा सवारी धनी अर्जुन बहादुर धामी, ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत बहादुर धामी (पसल सञ्चालक) रहेका छन्।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.