
डोटी: डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुप प्र ०१–००१ ख ३४२८ नम्बरको मालबाहक मिनिट्रक बुधबार बिहान करिब ५:४५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।



सडकबाट करिब ५० मिटर तल खसेको मिनिट्रकमा सवार सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
मृत्यु हुनेहरूमा बझाङको बुङ्गल नगरपालिका–२ मलौरा निवासी ३२ वर्षीय चालक तथा सवारी धनी अर्जुन बहादुर धामी, ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत बहादुर धामी (पसल सञ्चालक) रहेका छन्।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन्।
