डडेल्धुरामा वडाध्यक्षमाथि कुटपिट, नगरपालिकाको कारबाहीको माग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुरा अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकारमाथि बिहीबार राति कुटपिट भएको छ।

वडाध्यक्ष ताम्राकारमाथि वडानम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुरस्थित वडा कार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरेको आरोप लागेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार घटना सम्बन्धमा पीडित र आरोपित दुबै पक्षले फरक फरक उजुरी दर्ता गराएका छन्। “हिजो खड्का पक्षले एक ढंगले उजुरी दिए। आज अर्कै उजुरी आयो। घटनाबारे अनुसन्धान जारी छ,” श्रेष्ठले बताए।

सन्देशका बुवा सुरेश खड्काले आफू घटनास्थलमा नभएको दाबी गर्दै आफ्नो नाम अनावश्यक रूपमा जोडिएको गुनासो गरेका छन्। उनका अनुसार वडाध्यक्ष मादक पदार्थ सेवन गरेर लडेपछि छोराले सहयोग गर्ने क्रममा विवाद भएको हो।

Dadeldhura Hospital

“सरकारी बाइकमा लडेपछि छोराले उठाएको थियो। त्यसपछि वडाध्यक्षले अश्लील शब्द प्रयोग गर्दै गाली गरे र झगडा सुरु भयो,” सुरेशले भने, “उहाँले गाउँले बोलाउन थालेपछि हामीले प्रहरीलाई खबर गर्‍यौं। तर प्रहरी आउँदा वडाध्यक्ष भागिसक्नुभएको थियो।”

वडाध्यक्ष ताम्राकारसँग सम्पर्क गर्न खोज्दा फोन उठेन। तर, प्रहरी स्रोतका अनुसार ताम्राकारले आफूलाई खड्का बुबाछोराले जोखिमपूर्ण हतियार प्रयोग गरी मरणासन्न बनाउने गरी आक्रमण गरेको उजुरी दिएका छन्। उनी थप उपचारका लागि धनगढी गएका छन्। प्रहरीका अनुसार उपचारबारे समन्वय नगरिई वडाध्यक्ष आफैँ धनगढी गएको जनाइएको छ।

नगरपालिकाको विज्ञप्ति

घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। वडा नं. १० का वडाध्यक्ष तथा नगर प्रवक्ता खेमराज भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नागरिक सेवामा खटिएको वडाध्यक्षमाथि सार्वजनिक सवारी साधनमासमेत तोडफोड गर्दै भएको आक्रमण कानूनी राज्यको उपहास हो।”

नगरपालिकाले घटनालाई “गुण्डागर्दी शैलीको आक्रमण” भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न आग्रह गरेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.