डडेल्धुराको आलितालमा अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटो दुर्घटनामा एक ४ वर्षीय बालकको मृत्यु भएको छ।

भी.नं.पा. ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेक विकको घटनास्थलमै ज्यान गएको हो। बालकको मृत्यु भएको पुष्टि जोगबुढा अस्पतालले गरेको छ भने घटनाको जानकारी डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्मर विष्टले दिएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

बुडरबाट जोगबुढा जाँदै गरेको अटोले बालकलाई आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको थियो। ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

घटनामा थप दुई जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि जोगबुढा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.