Citizan

वनको झगडाको बिषयलाई लिएर बनेको चलचित्र ‘दोख’ १६ वर्ष मुनिकाले हेर्न नपाउने

suchana alital
Chure
lali

फिल्म ‘दोख’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो ।
शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो ।
अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो ।
राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.