डडेल्धुरामा ७ सय रोपनीमा अनार खेती,वार्षिक ५० लाख आम्दानीको लक्ष्य

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — अजयमेरु गाउँपालिका–२, बडीका कृषकले बाँझो जमिनमा अनार खेती गरेर आर्थिक फड्को मार्ने योजना अघि बढाएका छन्।

महादेव अनार खेती समूहले ७ सय रोपनी जमिन वार्षिक २० हजार भाडा तिरेर उपयोगमा ल्याउँदै १० हजार अनारका बिरुवा रोपेको छ। हालसम्म ८ हजार बिरुवा सबल भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

समूह अध्यक्ष मदनराज पनेरुका अनुसार रौतहटबाट मगाइएका बिरुवाबाट यो वर्षदेखि नै फल पाउन थालिएको छ। अहिलेसम्म ६५ लाख रुपैयाँ लगानी भइसकेको छ भने वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य छ।

कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले समेत यसलाई कृषि पर्यटनसँग जोड्दै थप प्रवर्द्धन गर्ने योजना बनाएका छन्। वडा अध्यक्ष शिवराज भट्टका अनुसार बडीको अनार बगैंचा भविष्यमा पर्यटक आकर्षणको केन्द्र बन्नेछ।

कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले यो क्षेत्र ‘अनार खेती जोन’ का रूपमा विस्तार गर्ने योजना रहेको बताए। अनार दुई हजार मिटर उचाइसम्म सजिलै फल्ने भएकाले यो क्षेत्र उपयुक्त मानिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.