जोगबुडा इलाका प्रशासन कार्यालय महिनौँदेखि प्रमुखविहीन,सेवा प्रवाह ठप्प

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा —
डडेल्धुराको जोगबुडा इलाका प्रशासन कार्यालयमा महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थानीयवासीहरू आधारभूत सेवाबाट वञ्चित भएका छन्। प्रमुख नआएपछि नागरिकता प्रमाणपत्र, राहदानी सिफारिस, जग्गा सिफारिसजस्ता अत्यावश्यक काम ठप्प भएका छन्।

सेवाग्राहीहरूले सानो कामका लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ। कार्यालयमा हाल सीमित कर्मचारी मात्र छन्, जसले राष्‍ट्रीय परिचयपत्र वितरण र पत्राचारजस्ता काम बाहेक अरु प्रशासनिक काम गर्न सकिरहेका छैनन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमले रिक्त पद चाँडै पूर्ति गर्ने प्रयास भइरहेको बताएका छन्। उनका अनुसार मन्त्रालयलाई दैनिक रूपमा कर्मचारी पठाइदिन आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन। ‘मन्त्रालयले कर्मचारी पठाउने आश्वासन दिएको छ तर कहिले पठाउने भन्ने टुंगो छैन,’ उनले भने।

Dadeldhura Hospital

असार २२ गते एक महिनाका लागि नायब सुब्बा राम बाबू बराललाई काजमा पठाइएको भए पनि उनी अहिलेसम्म कार्यालय पुगेका छैनन्। यसले गर्दा स्थानीयको काम थप जटिल बन्दै गएको छ। अहिले आर्थिक वर्षको पहिलो महिना भएकाले सामाजिक सुरक्षा भत्ता नवीकरणलगायत कामहरूमा समेत अवरोध भएको छ।

परशुराम नगरपालिका–१२ का वडाध्यक्ष महावीर कामीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकताको सिफारिस रोकिएको बताए। आपतकालीन अवस्थामा मात्रै सदरमुकामबाट सिफारिस गर्ने गरिएको भए पनि धेरैको काम अलपत्र परेको उनले बताए।

यस्तै आलिताल गाउँपालिका वडाध्यक्ष धनबहादुर देउवाले समेत प्रमुख नहुँदा नागरिकता सिफारिस रोकिएको बताए। उनले प्रमुख ल्याउन सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गरे पनि सुनुवाइ नभएको गुनासो गरे।

स्थानीयवासीहरूले चाँडोभन्दा चाँडो कर्मचारी खटाएर सेवा सहज बनाउन माग गरेका छन्। इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदा नागरिकलाई सास्ती भइरहेको भन्दै उनीहरूले जिम्मेवार निकायको ध्यानाकर्षण गराएका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.