बझाङको चोट्के पातल बस्तीमा विधुत आपूर्ति हुने भएपछि स्थानीयवासी खुसी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

रमेश बहादुर सिंह , बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–११ अन्तर्गत पर्ने चोट्के पातल बस्तीमा विधुत आपूर्ति हुने भएको छ।

लामो समयदेखि अन्धकारमा बस्दै आएका स्थानीयहरू अब विधुतसँगै उज्यालो जीवन सुरु भएको भन्दै उत्साहित भएका छन्। विधुत पुर्‍याउन नेपाल विद्युत प्राधिकरण बझाङ कार्यालयले पहल गरेको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

नेपाल विद्युत प्राधिकरण बझाङ कार्यालयका प्रमुख सुजन खड्काले गाउँमै पुगेर एक महिनाभित्र विधुत पुर्‍याउने प्रतिबद्धता जनाएका हुन्। उनका अनुसार विधुत आपूर्तिसँगै शिक्षा, स्वास्थ्य, सञ्चार र व्यवसायमा नयाँ सम्भावना खुल्नेछ।

बालबालिकाले उज्यालोमा पढ्न पाउनेछन्, साना उद्योग–व्यवसाय सञ्चालन गर्न सक्नेछन्, र बस्तीको समग्र जीवनस्तर उकासिनेछ,” प्रमुख खड्काले बताए।

स्थानीयवासीले पहलप्रति धन्यवाद दिँदै अझैपनि बाटो, खानेपानी र आधारभूत पूर्वाधारमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आग्रह गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.