बेङ्लोरमा दुर्घटनामा परी निधन भएका भैरब ठगुन्नाको परिवारलाई आर्थिक सहयोग

sc mahendra

डडेल्धुरा । आलिताल गाउँपालिका–३ बन्डालेका होनहार युवा भैरब ठगुन्नाको भारतको बेङ्लोरमा गत असोज २८ गते स्कुटर दुर्घटनामा परी असामयिक निधन भएको घटनाप्रति गाउँ, समाज, छरछिमेक र सिङ्गो आलिताल गाउँपालिका दु:खित र मर्माहित भएको छ।

मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ।

संस्कार र संस्कृति जगेर्नाको उद्देश्यसहित गाउँका युवाहरूले देउसी–भैलो विशेष कार्यक्रम आयोजना गरी असहाय, दुःखी र पीडितलाई सान्त्वना दिने हेतुले संकलन गरिएको रकम तथा वस्तु मृतक परिवारलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको हो।

कार्यक्रमबाट संकलित चामल र नगद रु. ४३,६०८ बराबरको सहयोग रकम आलिताल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ३ का अध्यक्ष, सदस्यहरू तथा मनकारी व्यक्तित्वहरूको उपस्थितिमा मृतक भैरब ठगुन्नाको घरपरिवारलाई हस्तान्तरण गरिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.