सडक, खेलग्राम र कृषिलाई प्राथमिकता दिँदै नवदुर्गा गाँउपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा:  डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य तथा खेल क्षेत्रलाई प्राथमिकतामा राख्दै आफ्नो वर्तमान नेतृत्व कार्यकालको अन्तिम नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

सोमबार सम्पन्न गाउँपालिकाको २०औँ वार्षिक अधिवेशनमा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बाँकी रहेका विकास निर्माणका कामलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उपाध्यक्ष निर्मला बोगटी, गाउँसभा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थितिमा प्रस्तुत कार्यक्रमले भौतिक पूर्वाधार, कृषि उत्पादन वृद्धि र सेवा प्रवाह सुधारलाई विशेष प्राथमिकतामा राखेको छ।

अध्यक्ष अवस्थीले आफ्नो नेतृत्वको अन्तिम वर्षलाई ‘नतिजा दिने वर्ष’ का रूपमा व्याख्या गर्दै सबै वडा कार्यालयलाई बाह्रै महिना सवारी सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने लक्ष्य लिइएको बताए। रडुवा–बडम–गाउँपालिका सडक कालोपत्रे गर्ने योजना अघि सारिएको छ भने सकायल–नवदुर्गा–गाउँपालिका सडक, कोराल–गिल्ला–बेलापुर, गाउँपालिका–बेलापुर–सिरोड तथा गाउँपालिका–चमाचौड सडकलाई वर्षभर सञ्चालन हुने गरी स्तरोन्नति गरिने नीति लिइएको छ।

यसैगरी, कोराल–गिल्ला सडकअन्तर्गत खोलामा पुल निर्माणको काम अघि बढाइने जनाइएको छ। विगतमा सुरु भएर अधुरा रहेका सडक योजनाहरूलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापन गरिने अध्यक्ष अवस्थीले बताए।

Dadeldhura Hospital

खेल क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राख्दै निर्माणाधीन पालिकास्तरीय खेलमैदानलाई ‘खेलग्राम’ का रूपमा विकास गरिने भएको छ। उक्त मैदानमा प्याराफिट, घेरबारलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिनेछ। वडा नं. १ स्थित एरोडा चौराहामा निर्माणाधीन खेलमैदानलाई जिल्ला स्तरीय खेलमैदानका रूपमा विकास गर्ने नीति पनि गाउँपालिकाले लिएको छ।

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीबीच छलफल तथा शैक्षिक सम्मेलन आयोजना गरिने भएको छ। प्रत्येक विद्यालयमा स्मार्ट बोर्ड जडान, डिजिटल प्रविधिको प्रयोग तथा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

कृषि क्षेत्रतर्फ पालिकाले आलु र भटमास खेतीलाई उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत प्रोत्साहन गर्ने भएको छ। साथै, पालिकालाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्ने, सिँचाइ तथा कृषि पूर्वाधार विस्तार गर्ने, संकलन केन्द्र स्थापना गर्ने तथा कृषि मार्गको स्तरोन्नति गर्ने योजना अघि सारिएको छ।

युवा लक्षित कार्यक्रमअन्तर्गत ड्राइभिङ, कपाल काट्ने, च्याउ उत्पादनलगायत सीपमूलक तालिम सञ्चालन गरिनेछ भने विभिन्न क्षेत्रमा ५० प्रतिशत अनुदानका कार्यक्रम लागू गरिने गाउँपालिकाले जनाएको छ।

त्यसैगरी, धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धन, खानेपानी तथा सिँचाइ आयोजना सञ्चालन, स्वास्थ्य चौकीहरूको स्तरोन्नति र ग्रामीण क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

अध्यक्ष अवस्थीले “सडक सञ्जाल र आधारभूत पूर्वाधारको अभावमा विकासले गति लिन सक्दैन। मेरो नेतृत्वको अन्तिम वर्षमा अधुरा योजनाहरूलाई निष्कर्षमा पुर्‍याउँदै जनताको जीवनशैली सहज बनाउने जिम्मेवारी पूरा गर्नेछु,” भन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.