धनगढीमा प्रदेशस्तरीय सीप तथा रोजगार मेला माघ ५ देखि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी :  धनगढी उपमहानगरपालिकाले आगामी प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालनको तयारी तीव्र बनाएको छ।

वार्षिक क्यालेन्डरअनुसार आगामी माघ ५ गतेदेखि मेला सञ्चालन गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

धनगढीमा यसअघि २०८१ /२०८२ सालमा समेत प्रदेशस्तरीय सीप तथा रोजगार मेला सञ्चालन गरिएको थियो। २०८१ सालको मेलामा १ हजार ४० जना शिक्षार्थी सहभागी भएका थिए भने २०८२ सालको मेलामा ६ सयभन्दा बढी युवायुवती सहभागी भएका थिए।

Dadeldhura Hospital

विगतका कार्यक्रमबाट प्राप्त अनुभवलाई आधार बनाएर यसपटकको मेलालाई थप व्यवस्थित, प्रभावकारी र युवामैत्री बनाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ। त्यसका लागि विभिन्न संघसंस्था, रोजगारदाता, तालिम प्रदायक संस्था तथा सरोकारवाला निकायसँग छलफल र समन्वयलाई तीव्रता दिइएको छ।

२०८२ सालमा आयोजित मेलामा सुदूरपश्चिम प्रदेशका ८४ वटै स्थानीय तहको सहभागिता रहेको थियो। सो क्रममा सात प्रमुख क्षेत्रअन्तर्गत २२ विधामा सीपमूलक तालिम सञ्चालन गरिएको थियो। सहभागीलाई ३० दिनको सीप विकास तालिमसँगै १० दिनको रोजगारीसँग जोडिने व्यावहारिक अभ्यास तथा उद्यमशीलता तालिमसमेत प्रदान गरिएको थियो।

मेलालाई तालिम दिने र लिने कार्यक्रममा मात्र सीमित नगरी स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलाई समेत प्राथमिकता दिइएको थियो। उपमहानगरपालिकाले निःशुल्क स्टलको व्यवस्था गरी विभिन्न स्थानीय तह तथा संघसंस्थालाई आफ्ना उत्पादन र गतिविधि प्रदर्शन गर्ने अवसर दिएको थियो।

डोटीको जोरायल गाउँपालिकालगायत विभिन्न स्थानीय तहको सहभागिताले मेलालाई सीप, रोजगारी, उद्यमशीलता र अनुभव आदानप्रदान गर्ने साझा मञ्चका रूपमा विकास गर्न सहयोग पुगेको उपमहानगरपालिकाको भनाइ छ।

आगामी मेलामार्फत श्रम बजारको मागअनुसारका सीप प्रदान गरी युवायुवतीलाई रोजगारी तथा स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको छ। साथै, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन गर्दै सीपयुक्त जनशक्तिलाई रोजगारीका अवसरसँग जोड्ने गरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.