डडेल्धुराको आलितालमा पनि भयानक रुपमा देखा पर्दै पशुचौपायामा अज्ञात रोग

मृत्यु भएको पशुचौपायालाई जथाभाबी फाल्दै किसान

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

चैत्र २८ डडेल्धुरा

पशु चौपायामा अहिले अज्ञात रोग देखा परेको छ । देशै भर पशुचौपायामा देखा परेको यो रोग आलिताल गाउंपालिकामा पनि भयानक रुपमा देखा पर्न थालेको छ ।
आलिताल गाउंपालिकाको वडा न. १ र २ तिर अहिले पशुचौपायाको अज्ञात रोगका कारण धमाधम मृत्यु हुन थालेका छन् । वडा अध्यक्ष प्रमोद मल्लका अनुसार वडामा अहिले बहुसंख्यक पशुहरुमा यो रोग देखा परेका हुदा किसान समस्यमा परेको बताए । खेति किसान गर्ने समयमा यस्तो रोग आयो अब हामीले कसरी खेति गर्ने भन्ने चिन्ता रहेको किसान नरेश मडैले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उता आलिताल भेटनरी शाखाका प्रमुख डम्मर राज जोशीका अनुसार आफुहरुले पशुचौपायाको उपचार गरिरहेको तर रोग पत्ता नलागेको कारण नियन्त्रण गर्न नसकिएको बताएका छन् । उनले भने यो रोग नेपालभरीको समस्या हो । उनले भने लम्फि स्किन भाइरल रोगसंग मिल्दो जुल्दो लक्षण देखा परेको छ यसको भ्याक्सिन बनको छैन र गाउँपालिकाको पशु सेवा शाखा कार्यालयले गर्न सक्ने उपचार भइरहेको र औषधी वितरण भई रहेको र यसको नियन्त्रण गर्न जिल्ला पशु सेवा केन्द्रका बिज्ञ टोली समेत आएर शिविर चलाएको बताए । यति गर्दा पनि रोग नियन्त्रण नभएको समेत बताए । अहिले यो रोगको प्रभाव आलितालको १ र २ मा धेरै देखिएको छ भने अन्य वडामा आंशिक रुपमा देखा पर्न थालेको स्थानियले बताएका छन् ।

Dadeldhura Hospital

अहिले वडा न. १ र २ मा पशुचौपायाको धमाधम मृत्यु हुन भएसगंै किसानहरुले मृत्यु भएको पशुचौपायालाई जथाभावी फाल्न थाले पछि वडाले सुचना समेत निकालेको छ । सूचनामा भनिएको छ मृतक पशुचौपायलाई जथाभावी फाल्दा मानिसमा समेत महामारी फैलिन सक्ने भन्दै मृतक पशुलाई खाडल खनेर पुर्न आग्रह गर्दछौ । यदि सुचनाको अवज्ञा गर्ने व्यक्तिलाई कार्बाहि समेत गर्ने चेतावनी दिएका छन् ।

तेस्तै वडा न. १ का अध्यक्ष योगेन्द्र देउबाले पनि मृत्यु भएका पशु चौपायालाई जथाभावि नफाल्न सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

                                                               वडा न. २ द्वारा निकालिएको सुचना

 

                                                               वडा न. १ का अध्यक्ष मल्लले लेखेको स्टाटस

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.