Citizan

डडेल्धुराको आलितालमा पनि भयानक रुपमा देखा पर्दै पशुचौपायामा अज्ञात रोग

मृत्यु भएको पशुचौपायालाई जथाभाबी फाल्दै किसान

suchana alital
Chure

चैत्र २८ डडेल्धुरा

पशु चौपायामा अहिले अज्ञात रोग देखा परेको छ । देशै भर पशुचौपायामा देखा परेको यो रोग आलिताल गाउंपालिकामा पनि भयानक रुपमा देखा पर्न थालेको छ ।
आलिताल गाउंपालिकाको वडा न. १ र २ तिर अहिले पशुचौपायाको अज्ञात रोगका कारण धमाधम मृत्यु हुन थालेका छन् । वडा अध्यक्ष प्रमोद मल्लका अनुसार वडामा अहिले बहुसंख्यक पशुहरुमा यो रोग देखा परेका हुदा किसान समस्यमा परेको बताए । खेति किसान गर्ने समयमा यस्तो रोग आयो अब हामीले कसरी खेति गर्ने भन्ने चिन्ता रहेको किसान नरेश मडैले बताए ।

glam &
dipti
Citizan

उता आलिताल भेटनरी शाखाका प्रमुख डम्मर राज जोशीका अनुसार आफुहरुले पशुचौपायाको उपचार गरिरहेको तर रोग पत्ता नलागेको कारण नियन्त्रण गर्न नसकिएको बताएका छन् । उनले भने यो रोग नेपालभरीको समस्या हो । उनले भने लम्फि स्किन भाइरल रोगसंग मिल्दो जुल्दो लक्षण देखा परेको छ यसको भ्याक्सिन बनको छैन र गाउँपालिकाको पशु सेवा शाखा कार्यालयले गर्न सक्ने उपचार भइरहेको र औषधी वितरण भई रहेको र यसको नियन्त्रण गर्न जिल्ला पशु सेवा केन्द्रका बिज्ञ टोली समेत आएर शिविर चलाएको बताए । यति गर्दा पनि रोग नियन्त्रण नभएको समेत बताए । अहिले यो रोगको प्रभाव आलितालको १ र २ मा धेरै देखिएको छ भने अन्य वडामा आंशिक रुपमा देखा पर्न थालेको स्थानियले बताएका छन् ।

lali

अहिले वडा न. १ र २ मा पशुचौपायाको धमाधम मृत्यु हुन भएसगंै किसानहरुले मृत्यु भएको पशुचौपायालाई जथाभावी फाल्न थाले पछि वडाले सुचना समेत निकालेको छ । सूचनामा भनिएको छ मृतक पशुचौपायलाई जथाभावी फाल्दा मानिसमा समेत महामारी फैलिन सक्ने भन्दै मृतक पशुलाई खाडल खनेर पुर्न आग्रह गर्दछौ । यदि सुचनाको अवज्ञा गर्ने व्यक्तिलाई कार्बाहि समेत गर्ने चेतावनी दिएका छन् ।

तेस्तै वडा न. १ का अध्यक्ष योगेन्द्र देउबाले पनि मृत्यु भएका पशु चौपायालाई जथाभावि नफाल्न सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

                                                               वडा न. २ द्वारा निकालिएको सुचना

 

                                                               वडा न. १ का अध्यक्ष मल्लले लेखेको स्टाटस

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.