डडेल्धुरा आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुराः डडेल्धुरा आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।

गाउँपालिका अध्यक्ष उम्मेदवारको ४ हजार २३७ मत गन्दा कांग्रेसका बलबहादुर गुरुङले १ हजार ३५९ पाएका छन्। मोओवादी केन्द्रका शेरसिंह पार्कीले १ हजार २३४ल्याएका छन्।

यस्तै, एमालेका मीन बोगटीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार टेक खड्काले २ सय, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले १ सय ३२ मत पाउँदा हलोले २५ ल्याएको छ।

आलिताको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र वडा नम्बर ८ मा कांग्रेस विजयी भएको छ। आलितालमा कुल ७ हजार ४ सय ९० मत खसेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.