पार्टीका कार्यकर्ताले रुचाएका सभापती बोहरालाई आफ्नै वडाबासीले पत्याएनन्

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः नेपाली कांग्रेसका आलिताल गाउँपालिका सभापति चन्द्रदेव बोहरा आफ्नै वडामा पराजित भएका छन्।पार्टीको सभापतिमा बिजय प्राप्त गरेका बोहरा ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा पराजित भएका हुन । उनी  एमालेका उम्मेदवार कमलसिंह बोहरासँग हारेका हुन ।

एक कार्यकाल गुजारिसकेका बोहरालाई दोस्रो कार्यकालका आलिताल–४ का जनताले पाखा लगाए।उता पालिका सभापतीमा पराजित भएका धन बहादुर देउवाले भने जित हासिल गरेका छन । देउवाले वडा नं ८ बाट अध्यक्षमा बिजयी भएका हुन ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

०७४ को निर्वाचनमा वडाध्यक्ष बनेका बोहराले यसपटक २ सय ५१ मत मात्र पाए। वडाध्यक्ष बनेका एमालेका कमलले ४ सय ३३ मत ल्याएका थिए। पालिका सभापति बोहराको वडाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बलबहादुर गरुङलाई पनि माओवादीभन्दा कम मत आयो।

गरुङले वडा–४ बाट २ सय २२ मत पाउँदा त्यसबाट अध्यक्षमा विजयी भएका शेरसिंह पार्कीले २ सय ५८ मत ल्याएका थिए।

पालिका सभापतिकै वडाबाट कांग्रेसलाई कम मत आएपछि बोहराको आलोचना पनि भइरहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.