डडेल्धुराः डडेल्धुरा आलिताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ।
गाउँपालिका अध्यक्ष उम्मेदवारको ४ हजार २३७ मत गन्दा कांग्रेसका बलबहादुर गुरुङले १ हजार ३५९ पाएका छन्। मोओवादी केन्द्रका शेरसिंह पार्कीले १ हजार २३४ल्याएका छन्।
यस्तै, एमालेका मीन बोगटीले ९ सय ७१, स्वतन्त्र उम्मेदवार टेक खड्काले २ सय, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तुलाराम बोहराले १ सय ३२ मत पाउँदा हलोले २५ ल्याएको छ।
आलिताको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र वडा नम्बर ८ मा कांग्रेस विजयी भएको छ। आलितालमा कुल ७ हजार ४ सय ९० मत खसेको थियो।