आलितालमा माओबादी केन्द्रको विजय जुलुस :हजारौं नेता तथा कार्यकर्ताको सहभागिता

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: नेकपा माओवादी केन्द्र आलिताल गाउँ कमिटीले विजयी र्‍याली निकालेको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा आफ्ना उम्मेदवार विजयी भएपछि यहाँ उसले सोमबार विशाल र्‍याली निकालेको हो।

आलिताल गाउँपालिकामा अध्यक्षमा माओवादीका शेरसिंह पार्की र उपाध्यक्षमा माओवादीकै मैना रावल निर्वाचित भएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै यसअघिको हारको बदला लिएपछि आलितालमा माओवादीले विजयी उत्सव मनाएको हो।

Dadeldhura Hospital

आलितालको घुम्ती बजारबाट सुरु भएको विजय र्‍याली मौरी, डोलाको रिङ रोड हुँदै गोदामबाट गाउँपालिका पुगेर कोणसभामा परिणत भएको थियोे।

कोणसभामा बोल्दै अध्यक्ष पार्कीले जनताले विश्वास गरेर जिताएको र त्यो विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। गाउँपालिका उपाध्यक्ष रावलले जनताको सेवामा कटिबद्ध भएर काम गर्ने जनाइन्।

कार्यक्रममा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कटिबद्ध भएर जनताको सेवा तल्लीन भएर काम गर्न विजयी उम्मेदवारलाई निर्देशन दिए।

उनले जनताले नायक बनाएर जिताएको र अबको पाँच वर्षमा खलनायक भएर ननिस्किन पनि सुझाव दिए। उनले आलितालमा कांग्रेसको किल्ला तोड्न सफल भएकोमा खुसी व्यक्त गरे।

विजयी र्‍यालीमा हजारौं संख्यामा नेताकार्यकर्ताहरू सहभागी थिए। कार्यक्रममा राष्ट्रियसभा सदस्य जगत पार्की र महेशकुमार महरा तथा प्रदेशसभा सदस्य कुन्ती जोशीकोसमेत सहभागिता रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.