parwat hotel
Citizan

६ सय १७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुदा कुन दलले कति जिते ?

bhageswar small
alital janahit

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ ।

lali

यस्तै नेकपा एमालेले १ सय ७१ वटा स्थानीइ तहमा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा)ले १८ स्थानीय तहमा विजयी हासिल गरेको छ । नेकपा एकीकृत समाजवादी १४ वटा पालिकामा विजयी भएको छ ।

glam &
Citizan

साथै लोकतान्त्रिक समाजवादी पार्टी ७ ठाउँमा विजयी भएको छ । २३ स्थानीय तहमा अरु साना दल तथा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । हाल मतगणना जारी रहेका ठाउँहरुमध्ये नेपाली कांग्रेस ५२ ठाउँमा अगाडि छ । नेकपा एमाले २५ ठाउँमा अगाडि रहेको छ ।

त्यस्तै, माओवादी केन्द्र १०, जसपा १७, एकीकृत समाजवादी र लोसपाले ५-५ ठाउँमा अग्रता लिएका छन् । एक महानगरपालिका र ३ उपमहानगरपालिकासहित ११ स्थानीइ तहमा स्वतन्त्र उम्मेदवार तथा साना दल अगाडि रहेका छन्

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.