नवनिर्वाचित मेयरले भ्रस्टाचार नगर्ने भन्दै देवताको घण्टा छोएर पदभार ग्रहण

sc mahendra

६ जेठ, मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरी देवताको घण्टा छोएर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

आफनो ५ बर्षे कार्यकालमा सेवाग्राहीलाई दुःख कष्ट नदिने, भ्रष्टचार कमिसन नखाने भन्दै नगर प्रमुख भामले देउताको घण्ट छोएर पदभार गरेका हुन । भामले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने, स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने कसम खाएर प्रसिद्ध देवताका २ वटा घण्टा समाती पदभार सम्हालेका हुन् ।नगरबाट प्राप्त हुने कुनै पनि सेवा सुविधा नलिने, ५ बर्षको पारिश्रमिकबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् ।नगरका सम्पूर्ण वस्तीमा विद्युत सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरबासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् । उनले वडाअध्यक्ष हुदा पनि ५ बर्षको पारिश्रम रकम नगरका सबै बस्तीस्तरका गरिव दलित जेहेन्दारलाई राहत वितरण गरेका थिए ।

You might also like
Leave A Reply

Your email address will not be published.