६ पुस, । बाजुराको गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको छ ।
गोत्री केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय होहल्ला सहित घरबाहिर निस्केका थिए ।
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्प गएपछि क्षतिको के कति भयो, भन्नेबारेमा यकिन हुन सकेको छैन ।
भुकम्पको धक्का सुदूर पश्चिमको अरु जिल्लामा पनि महसुस भएको जनाइएको छ ।
