आलितालमा भए गरेका कामलाई सकारात्मक नजरबाट हेर्न पालिकाअध्यक्ष गुरुंगको आग्रह (भिडियो सहित)

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा
आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुंगले आफ्नो कार्यकालमा भए गरेका कामहरुलाई सकारात्मक नजरबाट हेर्न आग्रह गरेका छन् । शनिबार भाबर खानेपानी तथा सरसफाई समितिले आयोजना गरेको भाबर गाउं पुर्ण सरसफाईयुक्त घोषणा कार्यक्रममा गीत मार्फत पालिका अध्यक्ष गुरुंगले यस्तो आग्रह गरेका हुन् ।
उनले फूलको आंखामा फूलै संसार कांडाको आखामा काडै संसार भन्ने बोलको गीत बाट यस्तो सन्देश दिन खोजेका हुन् र उनले भनेका छन् । हामीले गरेका कामहरुलाइ फुलको आंखाबाट हेरे सबै राम्रा देखिन्छन र नकारात्मक ढंगबाट हेरे नराम्रै देखिने भन्दै सबैलाई सकारात्मक देखिने बताए ।
कार्यक्रममा बोल्दै गाउपालिका अध्यक्ष गुरुङले आलितालका बिभिन्न टोलहरुलाई सरसफाई युक्त घोषणा गरिसकेको बताउदै २०८० सम्म पालिकाको पुरै गाउंलाई पूर्ण सरसफाई पालिका घोषणा गर्ने योजना रहेको बताए । योजना सफल पार्नलाई सम्पुर्ण गाउंबासीलाई आफ्नो ठाउंबाट सहयोग गर्न आग्रह समेत गरे ।
गास बास कपास आधारभुत आबश्यकता मात्र नभई स्वास्थ्य पनि मानिसको नैसर्गिक अधिकार रहेको बताउदै अब स्वच्छ खानेपानी र स्वच्छ जिवनयापन पनि अनिबार्य रहेको बताए ।

Dadeldhura Hospital

भिडियो

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

https://www.youtube.com/watch?v=CKGAlJxMF1k

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.