भ्रष्टाचार मेरो प्रमुख मुद्दा हो,यसको नियन्त्रण गर्न सके विकासको मुल फुट्छ:युवा नेता टेक खड्का (अन्र्तवार्ता)
नेपालमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा चुनाबी माहोल बढ्दै गएको छ । बिभिन्न पार्टिका नेताहरुमा उमेदबारी दिने चर्चा चलिरहेको छ । कोहि पार्टिका नेताका चर्चा छ भने कोहि स्वतन्त्र उमेदबारी दिने कुरा गरिरहेका छन् । तेस्तै आलिताल गाउंपालिकामा एक स्वतन्त्र उमेदबारी दिने व्यक्तिको चर्चा चलिरहेको छ । बिगतको केहि समय देखि अमेरिका बस्दै आईरहेका थिए । अमेरिका बस्दै आए पनि नेपालमा सामाजिक कार्यमा उनि सकृय भई नै रहने उनि बताएछन् । आलिताल गाउंपालिका वडा न. १ घर भएका टेक खड्का स्थानिय तहको निर्वाचनमा आलिताल गाउंपालिकनकने स्वतन्त्र उमेदबारी दिने चर्चा चलिरहदा दियालो खबरका सम्पादक भक्त गाहा मगरले गरेको कुराकानी को छोटो अंश
तपाईको परिचय ः
म टेक खड्का घर आलिताल गाउंपालिका वडा न. १ बिगत केहि समय देखि अमेरिका बस्दै आए पनि सामाजिक कार्य भने गरिरहन्थे ।
तपाईको स्वतन्त्र उमेदबार किन ? कुनै पार्टिको मन नपरेर हो कि ?टिकट नपाएर हो ?
तेस्तो केहि होइन म कुनै पार्टिमा अहिले सम्म सकृय नभएको र अहिले नागरिकको पार्टि प्रति देखिएको बितृष्णा छ । मैले फेरि बितृष्णा छ भन्दै गर्दा पार्टिको उद्देश्य,एजेण्डालाई भनेको होइन कि ति पार्टिका नेताहरु देखेर चाहि नागरिकमा बितृष्णा पैदा भएको छ । तेसो भएको हुनाले अहिले स्वतन्त्रको देशब्यापी रुपमा जनलहर छाईरहेको बेला मेरो पनि स्वतन्त्र दिने योजना बनाएको हुं ।
यहां त नागरिकलाई त पार्टिको मन्त्रले बाधेको छ । कसरी सम्भावना छ जित्ने ?
मैले अघि नै भनेको छु । नागरिकको पार्टि प्रति देखिएको बितृष्णा छ । तथापी नागरिकलाई पार्टिले बाधेको छ । म गाउंतिर जांदा सबैले म त यो पार्टिको म उ पार्टिको भन्छन् । यहां पार्टिले नागरिकलाई दास जस्तो बनाएको छ कुनै पार्टिमा नलाग्दा सम्म उसको रोजेरोटि चल्दैनकि भन्ने भ्रममा छन् । हो तेसलाई चिर्न र नागरिकलाई हामी स्वतन्त्र हौं भोट हाल्ने अधिकार हाम्रो हो भन्ने बातावरण बनाउन मेरो उमेदबारी हो । मेरो उमेदवारी जितनकै लागी हो म जित्छु भन्ने आशा छ ।
तपाईको पछाडि युबाहरुकै जमात देख्छु ,किन युबाहरु नै पछि लागेका होलान् ,केहि आश्वासन त दिनु भएको छैन ?
मैले कुनै आश्वासन बाडेको छैन त्यो त युबाहरुमा चेतना जागेको छ । म संग योजना छ मेरो योजना मन परेको होला भिजन छ भिजन मन परेको होला ,मैले अघि नै भनेको छु । नागरिकको पार्टि प्रति देखिएको बितृष्णा छ । र स्वतन्त्र मेरो विचार मन परेको हुन सक्छ तेसो भएकोले युबा साथिहरुले साथ एिका छन् मैले कुनै तेस्तो जालसाचि कुरा गरेको छैन ममा इमान्दारिता छ । तेई नै हो ।
तपाईले चुनाव जित्ने आधारहरु के के हुन ् किन तपाईलाई नागरिकले भोट हाल्ने ?
रामा्रे प्रश्न सोध्नुभयो तेसको लागी धन्यबाद । मेरो जित्ने आधार भनेको मेरो एजेण्डा हो । मेरा बिशेष गरि चार वटा एजेण्डा छन् जुन सर्वप्रथम शिक्षा,अनि स्वास्थ्य,स्वरोजगार र भ्रष्टाचार नियन्त्रण ,यति भन्दा यो त सबैले भन्छन् जस्तो लाग्ला तर म यसलाई योजना बद्धरुपमा लागु गर्न एक योजना बनाएको छु । मैले बिषय बिषशज्ञ संग बसेर छलफल गरेर योजना बनाएको छु । म यसलाई सम्भबतः जिते छु भने इमान्दारीका साथ लागु गर्ने छु । र अर्को कुरा भ्रष्टाचार मेरो प्रमुख मुद्दा हो यसलाई नियन्त्रण गर्न सके आधा विकास भ्रष्टाचारको पैसाकाट हुन्छ तेसलाई म पहिलो प्रथमिकतामा राखेर काम गर्ने सोचेको छु ।
अन्तमा के भन्नु हुन्छ ?
अन्तमा आलितालका सबै नागरिकहरुलाई के भन्छु भने अब चै सबै सचेत हुने बेला छ ,कसै कसैको लहै लहैमा लागेर आफ्नो भोट दुरुपयोग नगर्नु होला एक भोटको गल्तिले
हामीले गएको पांच बर्ष सम्म जनप्रतिनिधिलाई गाली गर्दै बस्यौं अब चाहीं आफनो बिवेक प्रयोग गरेर सक्षम,असल इमान्दार मानिसहरुलाई यो चुनाबमा भोट दिनुहुने छ भन्ने आशा लिएको छु ।
अन्र्तवार्ताको भिडियो