Citizan

सामाजिक संजाल मार्फत् चरित्र हत्या गरेको आरोपमा तमोली पक्राउ

suchana alital
Chure

डडेल्धुरा: सामाजिक सञ्जाल (फेसबुक) को दुरुपयोग गरी पत्रकारहरूको चरित्र हत्या गरेको आरोपमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विगत लामो समयदेखि पत्रकारहरूको बारेमा जथाभावी लेखेर सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका अमरगढी नगरपालिका–१ मालमका सुरत तमोलीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।

glam &
dipti
Citizan
lali

नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटक–पटक स्टाटस लेख्ने र यहाँका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले मंगलबार बिहान प्रहरी कार्यालयमा निवेदन दिएको थियो।

तमोलीले यसअघि पनि पटक–पटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए। पटकपटक सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले बताए।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.