डडेल्धुराको आलितालमा चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता भोलिदेखि….

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा माघ २४

डडेल्धुराको आलिताल गाउँपालिकामा भोली देखि चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगिता माघ १६ गते देखि संचालन हुने भनिएता पनि खराब मौसमका कारण माघ २५ गतेका लागी सारिएको थियो ।
भोली गते देखि २७ गते सम्म चल्ने चौथो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ६० हजार पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ । तेस्तै द्धितिय पुरस्कार ५० हजार र तृतिय पुरस्कार ४० हजार दिने बताइएको छ । प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको खेल हुनेछ भने पुरस्कार पनि महिला पुरुष दुबैलाई समान राखिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रतियोगिता सञ्चालनका लागि आम भेलाले पालिका खेलकुद समितिका अध्यक्ष धिरेन्द्र बोहराको संयोजकत्वमा ११ जना व्यवस्थापन तथा निर्देशन समिति समेत गठन गरेको छ ।
समितिका अनुसार पालिका भित्र रहेका सरकारी कार्यालय,संघ संस्था, बिद्यालय तथा क्लबहरुलाई सहभागीका लागी निबेदन गर्न पाउनेछन् सोहि अनुसार टिम दर्ता गर्ने कार्य भईरहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख तथा समितिका सदस्य सचिव समेत रहेका देबराज पन्तले जानकारी दिनुभएको छ ।
प्रतियोगिता आलिताल गाउंपालिकाको प्रांगणमा सञ्चालन हुने समेत पन्तले जानकारी दिनुभएको छ ।

Dadeldhura Hospital

यो पनि पढ्नुहोस्…….

आलितालमा चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता माघ २५ देखि २७ सम्म, प्रथम पुरस्कार ६० हजार

आलितालमा संचालित राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि दुर्गा माविलाई

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.