डडेल्धुराको आलितालबाट थालियो लालपुर्जा वितरण:पहिलो चरणमा २१ जनालाई वितरण

sc mahendra

डडेल्धुरा: डडेल्धुरामा लालपुर्जा वितरण सुरु गरिएको छ। जिल्लामा पहिलोपटक आलिताल गाउँपालिकाबाट लालपुर्जा वितरण थालिएको हो।

बुधबार आलिताल गाउँपालिका-८ बाट लालपुर्जा वितरण सुरु गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार २१ परिवार सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको हो।

आलिताल गाउँपालिकाका १९ सय भूमिहीन र अव्यवस्थित बसोबास भएका घरपरिवारले आयोगमा निवेदन दिएको उनले बताए। ‘२०५१ यता पहिलोपटक हामीले आलितालबाट लालपुर्जा वितरण गर्न थालेका छौँ। आलितालका वडा नम्बर ४ र ५ नापी गरिसकेका छौँ, उनले भने, ‘उहाँहरूलाई पनि लालपुर्जा वितरण गर्छौं’

कार्यक्रममा गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल, वडाध्यक्ष धनबहादुर देउवालगायतको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो।

You might also like
Leave A Reply

Your email address will not be published.