Citizan

आलितालमा मूल्य शृङ्खला सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

suchana alital
Chure
lali

चैत्र १८ आलिताल गाउँ पालिकामा पालिका स्तरिय समग्र प्रगती समिक्षा तथा आगामी कार्य सन्चालन सुझाब एबम योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । आलिताल गाउँ पालिका र ग्रामिण जलस्रोत ब्यबस्थापन अरियोजनाको आयोजना र चेतना साना किसान कृषि सहकारी संस्था लि को सहजिकरणमा गोष्ठी सम्पन्न भएको हो । आलिताल गाउँ पालिका /ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको आर्थिक सहयोगमा चेतना साना किसान कृषि सहकारीले सन्चालन गरेको मुल्य श्रंखलाका लागि कृषि ब्यबसाय प्रबर्द्धन कार्यक्रमको समिक्षा गोष्ठी सम्पन्न भएको हो । कृषि ब्यबसाय प्रबर्द्धन अन्तर्गत संस्थाले वडा नं २ को तोला कनेदीमा १५;वटा प्लाष्टिक टनेल ,वडा नं १ को निकानेमा १८ वटा ,वडा नं १ कै मेलखर्कमा ५ वटा ,वडा नं ३ को धुलिखेतमा ५ वटा ,३ कै भुङडामा १० वटा , ३ कै डडेल्नेमा १० वटा गरि जम्मा वटा प्लाष्टिक टनेल निर्माण गरेको छ । तेसै गरि वडा नं १ को हरतोला,थकलादी, पिपल,खलुवामा र वडा ३ को बुदुममा खुल्ला खेती कार्यक्रम गरेको संस्थाका अध्यक्ष कृष्ण दत्त जोशीले जानकारी दिनु भयो । समिक्षा कार्यक्रममा पालिका उपाध्यक्ष जला बोगटी,वडा नं ४ का अध्यक्ष चन्द्रदेब बोहरा ,वडा नं ५ का अध्यक्ष प्रकस बोहरा ,वडा नं ८ का अध्यक्ष गणेश थापामगर ,कृषि शाखाका प्रमुख लक्मण कामी ,ग्रामिण जल स्रोत ब्यबस्थापन परियोजनाका मुल्य शृङ्खला प्रमुख जनक सुबर्णकार, कृषी बिज्ञ कमान मल्ल साथै विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पालिकाका विभिन्न स्थानका कृषकहरुको उपस्थिती रहेको थियो

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.