parwat hotel
Citizan

सांसद जोशीको फरक काम, कक्षाकोठामै पुगेर विद्यार्थीलाई सिकाउछन् यस्ता कुरा….

bhageswar small
Chure

डडेल्धुराः डडेल्धुराको प्रदेस ख बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. ताराप्रसाद जोशीले एक सांसदले गर्ने काम भन्दा फरक तरिकाबाट काम गरिहरेका छन् ।बुधबार सांसद डा. ताराप्रसाद जोशीले एक बिद्यालयको कक्षाकोठामा पुगेर विद्यार्थीसँग छलफल तथा अन्तक्रिया गरेका छन्।

जिल्लाको अजयमेरु गाउँपालिका–१ मा रहेको बालकल्याण माध्यमिक विद्यालय पुइलेकमा पुगेर जोशीले कृषि संकायका विद्यार्थीसँग कृषि सम्बन्धि छलफल तथा अन्तक्रिया गरेका हुन्।

glam &
Citizan
lali

सांसद जोशीले नेपाल कृषि प्रधान देश भएकोले कृषिबाटै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए। उनले लक्ष्य हासिल गर्न विद्यालय तहबाटै सहयोग पुग्ने गरी काम गर्नु पर्ने बताए।

पढाइसँगै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप पनि महत्त्वपूर्ण हुने उनको भनाइ थियो। उनले भविष्यमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरा विद्यालय, शिक्षक र शिक्षण सिकाइ क्रियाकलापमा भर पर्ने बताए।

‘देशलाई चाहिने खाद्यान्न, तरकारी, फलफूल आदि देशमै उत्पादन हुनसके मात्रै पनि आयात कम गर्न सकिन्छ। यसले विदेशी मुद्राको सञ्चितिमा परेका दबाव कम हुन्छ, व्यापार घाटा कम हुन्छ, देशमा रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘त्यति मात्रै होइन यसबाट कृषि उत्पादनको सीप र ज्ञान बढ्छ, प्रतिस्पर्धी क्षमताको विकास हुन्छ।’

उनले अजयमेरु गाउँपालिका–२ बडीमा अंगुर र अनारलगाएतका फलफूल उत्पादन गर्न जमिन हेरिसकेको र चाँडै काम अघि बढ्ने बताए। फलफूलको बगैचा बनाउन कृषि धारका विद्यार्थी आवश्यक पर्ने भएकोले त्यसठाउँमा कृषि संकायका विद्यार्थीले काम गर्ने अवसर पाउनेमा जोड दिए।

अधिवक्ता बिष्णु भट्टले किताबि ज्ञानसँगसँगै बाह्य ज्ञान पनि आवश्यक रहेको बताए। उनले कृषिबाटै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए।

विद्यालयका प्रधानाध्यापक धनबहादुर पार्कीले सांसद जोशीले आफूलाई पनि अध्ययन गराएको स्मरण गर्दै विद्यालयमा आएर विद्यार्थीलाई नयाँ कुरा सिकाउन सहयोग गरेकोमा धन्यवाद दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर साउँदले सांसद स्वयम् आफै उपस्थित भएर विद्यार्थीसँग पहिलो पटक अन्तक्रिया गरेको बताए। उनले गुणस्तरीय शिक्षाको क्षेत्रमा काम गर्न सुझाव दिए।

जोशीलाई विद्यालय प्रशासनले विद्यालयमा स्वागतसँगै डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित भएकोमा बधाई समेत दिएको थियो।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.