डडेल्धुराको आलिताल – १ लाई पूर्ण खोप वडा घोषणा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर १ लाई ‘पूर्ण खोप वडा घोषणा गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो।

वडाध्यक्ष यज्ञ बहादुर देउबाको सभापतित्वमा सम्पन्न भएको पूर्ण खोप वडा घोषणा कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष मैनाकुमारी रावल रहेकी थिइन्।कार्यक्रममा विशिष्ट अतिथि आलिताल गाउंपालिका स्वास्थ्य शाखा प्रमुख धन बहादुर क्षेत्रीको उपस्थितिमा वडालाई पूर्ण खोप घोषणा गरिएको हो ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

वडामा रहेका दुई वर्ष मुनिका ३५ जना बालबलिकाले सबै प्रकारका खोप लाएको सुनिश्चितता गरी वडालाई पूर्ण खोप घोषणा गरिएको वडा अध्यक्ष देउबाले जानकारी दिए।


प्रत्येक वर्ष आलितालको सम्पूर्ण वडालाई पूर्ण खोप वडा घोषणा गरिदै आएको र यस बर्ष पनि वडा न. १ बाट सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले बताए । भोली वडा न ३ लाई पनि पूर्ण खोप घोषणा कार्यक्रम रहेको जानकारी समेत दिए ।

आलिताल–१ हर्तोलामा रहेको वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका ,स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी,सुरक्षकर्मी,बिभिन्न आमा समुहका पदाधिकारी र स्थानीयहरूको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.