परशुराममा महिलाको हत्या गरी फरार रहेका राउटे प्रहरी नियन्त्रणमा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा बैशाख ९
डडेल्धुराको परशुराममा एक महिलाको हत्या गरी फरार रहेका गोपाल राउटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिहिबार परशुराम ५ बासगौराकी ६३ बर्षिया गोमति थापा मगरलाई राउटेले समान्य बिवाद हुदा ढुंगाले हिर्काएर हत्या गरेका थिए। हत्या पछि गोपाल राउटे संगै ४३बर्षिया बुवा हरिलाल राउटे र ३८ बर्षिया आमा हिरा देबि राउटे २ दिन देखि फरार रहेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

प्रहरीले उनिहरुको लोकेसन ट्रयाक गरिरहेको थियो। शनिबार बिहान परशुराम ६ असुर्यानि जंगल तिर लोकसन ट्राक गरेता पनि त्यहा प्रहरी पुग्दा उनिहरु अर्को जंगल पसि सकेका थिए।

परशुराम ३ सिमल्टाको जंगलमा लुकिरहेको अवस्थामा उनिहरुलाई त्यहाँका स्थानियहरुको बिषेश सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका तिनै जनालाई आजै जिल्ला प्रहरी कार्यालय डडेल्धुरा लगिने ईलाका प्रशासन कार्यालयका प्रमुख गंगा दत्त बडुले जानकारी दिएका छन्।

फरार अभियुक्तको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशी नेतृत्वको टोली, ईलाका प्रशासन कार्यालय जोगबुढा र ससत्र प्रहरीको टोलि खटिएको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.