आलितालका डालामगर सहित डडेल्धुराका तिन जना कृषक सम्मानित

sc mahendra

डडेल्धुरा: कृषि पेशामा राम्रो गरेका डडेल्धुराका ३ जना कृषक पुरस्कृत भएका छन्।

आइतबार जिल्ला सदरमुकाममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरि उनीहरूलाई जिल्ला स्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

 

‘भीमदत्त उत्कृष्ट पुरस्कार’ बाट अमरगढी नगरपालिकका प्रिन्स अवस्थी, गन्यापधुरा गाउँपालिकाका प्रसाददत्त अवस्थी र आलिताल गाउँपालिकाका लालबहादुर डालालाई पुरस्कारसहित सम्मानित गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि अधिकृत तारीसिंह ठकुराठीले जानकारी दिए।

उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक डडेल्धुराका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ।

You might also like
Leave A Reply

Your email address will not be published.