बिरामी बोक्ने एम्बुलेंस तिन महिना देखि ग्यारेजमै थन्कियो, आलितालका बिरामीलाई सास्ती

पालिकामा आर्थिक स्रोत नभएपछि बनेन एम्बुलेन्स

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

 बैशाख २९ डडेल्धुरा

Dadeldhura Hospital

डडेल्धुराको आलिताल गाउंपालिकाको एम्बुलेंस तिन महिना देखि ग्यारेजमा थन्किएको छ । आर्थिक बर्ष ०७४।०७५ मा आलिताल गाउंपालिका आफैले खरिद गरेको एम्बुलेंस मर्मत सम्भार हुन नसक्दा तिन महिना देखि धनगढीको नेपाल अटो टेडर्समा थन्किएको हो ।
पालिका भित्र संचालनमा रहेका दुई वटा एम्बुलेन्स मध्ये पालिकाको ३,४,५,६,७ र ८ वडाका बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स बन्द भएको हो । एम्बुलेन्स सेवा अबरुद्ध भए पछि आलितालका जनताले सास्ति भोग्नु परेको छ । एम्बुलेन्सको मर्मत खर्चको लागत स्टिमेट करिब ४ लाख पचास हजार देखिए पछि पालिकामा आर्थिक स्रोत नभएको भन्दै मर्मत सम्भार हुन नसकेको पालिका अध्यक्ष शेर सिं पार्कीले बताएका छन । अध्यक्ष पार्कीका अनुसार पालिकामा आर्थिक स्रोत पनि नभएको र सरकारको नियमानुसार सो एम्बुलेन्सको कुल मुल्यको ५० प्रतिशत भन्दा कम मुल्यको लागतमा मर्मत सम्भार गर्नुपर्ने प्राधान अनुसार सो एम्बुलेन्सको मर्मत खर्च बढी भएकोले मर्मत गर्न नसकिएको बताए । दियालोखबरसंग कुरा गर्दै उनले भने अब हामीले सो एम्बुलेन्सलाई लिलामी गरेर आउदो आर्थिक बर्षमा नयां खरिद पकृया अगाडी बढाउने योजना समेत रहेको बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आलितालले अहिले एक सुचना जारी गर्दै जटिलता युक्त,गर्भवति,सर्पदश तथा गम्भिर प्रकृतिका बिरामीहरुलाई एम्बुलेन्स सेवा सुचारु नहुदा सम्म अन्य गाडीको व्यवस्था गरि सेवा लिन अनुरोध गरेको छ भने सो गडीको खर्चको बिल भपाई अनुसार पालिकाले भुक्तानी दिने समेत बताएको छ । तर बिरामीले कुन गाडीको प्रयोग गर्ने भन्ने उल्लेख छैन ।

यस आर्थिक बर्षको श्रावण देखि हिसाब गर्दा एम्बुलेन्सले ५ लाख १० हजार छ सय आम्दानी गरेको स्वास्थ्य समितिका अध्यक्ष तथा वडा न. ८ का अध्यक्ष धन बहादुर देउबाले बताए । उनका अनुसार ५ लाख १० हजार छ सय आम्दानी भएता पनि १ लाख ४८ हजार मात्र नगद संकलन भएको र ३ लाख ६२ हजार एक सय उधारोमा कारोबार भएको बताए ।
उता धनगढीको नेपाल अटो टेडर्सले भने स्टिमेट दिए पश्चात पालिकाले सम्पर्कमा नआएको टेडर्सका संचालकले बताएका छन । उनले भने पालिकाले खर्च स्टिमेट मागेको थियो हामीले गाडी नखोली अनुमानमा ४ लाख ५० हजार भनेका हौ । तेसपछि वहाहरु आउनुभएको छैन । तर खर्च ४ लाख ५० हजार नै लाग्छ भन्ने चाही होइन त्यो गाडीको इन्जन खोले पछि कम लागतमा पनि मर्मत गर्न सकिने समेत उनले बताए ।
अध्यक्ष पार्कीको चुनाबी नारामा भने प्रत्येक एक वडामा एक एम्बुलेन्सको नारा दिएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.