Citizan

आलिताल:स्थानिय तह निर्वाचनमा एमालेका क-कस्ले दिए वडा अध्यक्षमा उम्मेद्बारी(पूरा विवरण सहित)

suchana alital
Chure
lali

डडेलधुरा चैत्र २२, स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा दलहरुले उम्मेद्बारी चयनमा सकृयता बढाएको छ । डडेलधुराको आलिताल गाउँ पालिकामा नेकपा एमालेले वडा तहको उम्मेद्बारीको छनौट प्रकृया अगाडी बढाएको पालिकाका इन्चार्ज प्रकाश सिं बोहराले जानकारी दिएका छन । इन्चार्ज बोहराका अनुसार आलितालको १ नं वडाबाट अध्यक्षमा पुर्ण बहादुर ऐर , एगेन्द्र देउबा र टिकेश्वरी बोहराले उम्मेद्बारी दर्ता गराएका छ्न तेस्तै वडा नं २ बाट वीर बहादुर मडै ,पदम सेटि र जित बहादुर सार्कीको उम्मेद्बारी परेको छ भने वडा नं ४ मा कमल बोहराको नाम सिफारिस गरिएको छ । तेस्तै वडा नं ५ मा पनि प्रकाश सिं बोहराको एकल उम्मेद्बारी रहेको छ भने वडा नं ६ मा पनि कुम्भर बुढाको एक्लो उम्मेद्बारी रहेको छ । तेस्तै वडा नं ८ मा पनि रामचन्द्र पुन मगरको एकल उम्मेद्बारी रहेको बताएको छ । बाकी रहेको वडा नं ३ र ७ मा पनि छिट्टै उम्मेद्बारीको काम टुङ्गयाउने इन्चार्ज बोहराले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.