डडेल्धुराको आलितालमा घातक बम फेला, डिस्पोज गर्ने तयारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा: डडेल्धुराको जंगलमा घातक बम फेला परेको छ। जिल्लाको आलितालको आलिताल गाउँपालिका–१ रतनटुडास्थित चित्रकुट सामुदायिक वनभित्र उक्त विष्पोटक बस्तु फेला परेको हो।
उक्त बम स्थानीय ४५ वर्षीय भक्तबहादुर बोहराले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बाख्रा चराउन वनमा गएका बोहराको खबर पाएपछि घटनास्थल गएको प्रहरीले फेला परेको बम ८१ मोटर सेलको रहेको पहिचान गरेको थियो।

अहिले दह ब्यारेगबाट सेनाको टोली उक्त स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनीहरुले बम डिस्पोज गर्ने तयारी गरेको डडेल्धुराका डिएसपी मनोहर भट्टले जानकारी दिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.