Citizan

डडेल्धुराको आलितालमा जेसिवि दुर्घटना हुदा एक जनाको मृत्यु

Chure
lali

डडेल्धुराको आलितालमा जे सि वि (ब्याकलोडर)दुर्घटना हुदा एक जना को ज्यान गएको छ ।

जिल्लाको आलिताल गाउँपालिका वडा नं ८ कुर्जेनीमा सु.प.प्र.०१.००१क १६८३ नम्बरको जे सि बि (ब्याकलोडर)दुर्घटना भएको हो । दुर्घटना हुँदा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । । जे सि बि आलितालको गोदामबाट मेलगाजा तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । आज करिव दिउँसो १२:४५ बजे दुर्घटना भएको बताइएको छ । जेसिबी सडकबाट करिव ३० मिटर तल खसेको छ । दुर्घटना कसरि भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.