पालिका अध्यक्षको आक्रोश: प्रदेश सरकारलाई पालिकामा निषेध

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

आलिताल गाउँ पालिका अध्यक्षले पालिकाको बिकासका लागि प्रदेशबाट बजेट बिनियोजन नगरेको भन्दै आक्रोस पोखेका छन ।
आलिताल गाउँपालिका अध्यक्ष शेर सि पार्कीले पालिका स्तर बाटै छनौट गरि पठाएको योजनालाई पनि प्रदेश सरकारले सुनुवाइ नगरेको भन्दै प्रदेश सरकारलाइ पालिकामा निषेध नै गर्ने भन्दै आक्रोस पोखेका हुन । उनले भरखरै सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
‘पालिका स्तर बाट छलफल गरि प्राथमिकता को आधार मा पठाइएका योजना नपर्नु ???
प्रदेश मा खासगरी भौतिक मन्त्री ज्यु ले नै हामी बेक्तिगत सिफारिस मा आयका योजना कुनै पनि हाल्ने छैनौ भन्नू भएको थियो र पालिका स्तरबाट सिफारिसमा गएका योजना हाल्ने छौ भनेर हाम्रो पालिकाको हल मा बोल्नु भयको थियो, तर आज को रेड बुक हेर्दा पालिकाको सिफारिसमा गयका एउटा योजना नपर्नु आफै बोलेको कुरा को उपहास हो।यदि बजेट हाल्नु नै थियन भने पालिका स्तर मा छल्फल चलाउनुको के अर्थ थियो ? पालिकामा पुगेर आफैले किन आश्वासन दिनु भयो ? हामी पालिका बासीको घोर अपमान भयको महसुश भको छ? तेसैले:
यदि आलिताल गाउपालिकाको घुम्ती आलिताल जोड्ने पुल निर्माण लगायत पालिकाको सिफारिसमा गयका योजनाको बजेटको बिनियोजन गरिएन भने आलिताल गाउँ पालिकामा “प्रदेश सरकारका फाल्तु बोल्ने मन्त्री ज्युको निषेध “गरिने जानकारी गराउदछु।
यसै बिषयमा दियालोखबर संग कुरा गर्दै अध्यक्ष पार्कीले भने हामिले आलितालका समस्याहरुलाइ छनौट गरेर केही आबश्यक योजना मात्र मागेका थियौ । जस मध्ये पर्यटकिय स्थल आलिताल जोड्ने मोटरेबल पुल पनि पहिलो प्राथमिकतामा थियो । अति आबस्यक रहेको उक्त योजना पनि सरकारले सुनेन अब हामी प्रदेश सरकारलाई आलिताल गाउँ पालिकामा निषेध गर्ने हो । उनले प्रदेश सरकारले एकलौटी बजेट बांडफाड गरिएको आरोप समेत लागाए । उनले भने हाम्रो नजिकै रहेको परशुराममा थुप्रै बजेट हालियो तर आलितालमा एउटा पुल सम्मको योजना पनि हालिएन ।

Dadeldhura Hospital

पार्कीले फेसबुकमा पोस्ट गरेको स्टाटस :

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.