धादिङको गल्छिमोडमा भारतीय बस दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छि गाउँपालिका–७ गल्छिमोडमा भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १९ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट भारतको राजस्थानतर्फ जाँदै गरेको AR06E7031 नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा राजस्थान निवासी १२ वर्षीय कल्पना पारिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
डिएसपी जैसवारका अनुसार बसमा ३० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका १९ जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइतेहरुको गल्छिस्थित स्वास्थ्य कार्यालयमा उपचार भइरहेको उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.