कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढी ः कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधिबीच कुटाकुट भएको हो।

हिजो पालिकामा १२औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरेको बताइएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी गरिएको थियो। तर कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुने बेला केही स्थानीयले आफूहरूमाथि आक्रमण गरेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए। उनका अनुसार स्थानीयको आक्रमणबाट अध्यक्ष उपाध्यायसहित उपाध्यक्ष कमल साउद, वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएका छन्। आफ्नो हातमा चोट लागेको उनले बताए।

स्थानीयले झडपका क्रममा ढुंगामुढा पनि गरेको उनले बताए। यता, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ५ वर्षदेखि गाउँपालिकाको कार्यालय वडा नम्बर ४ खिमडीमा रहेको र हिजोको गाउँ सभाले वडा नम्बर १ भकुण्डेटार सार्ने निर्णय गरेपछि झडप भएको जनाएको छ।

बहुमतका आधारमा कार्यालय सार्ने निर्णय गरिएकाले हाल कार्यालय रहेको स्थानका स्थानीयले ढुंगामुढा गरेको बुझिएको छ। स्थानीयले कार्यालयमा समेत क्षति पुर्‍याएका छन्। राति स्थानीय र जनप्रतिनिधिहरुको लफडा भएपछि भागाभागको स्थिति बनेको थियो।

गाउँ सभामा आइतबार नीति तथा कार्यक्रमसहित ४६ करोडको बजेट पनि प्रस्तुत भएको छ। तर बजेट पारित हुन बाँकी छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.