डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले जनसभा गर्दै, रविले सम्बोधन गर्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। मुलुकको चौथो शक्तिको रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जनसभा गर्ने भएको हो।

Dadeldhura Hospital

रास्वपाले यही असार २१ गते बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा जनसभा आयोजना गर्ने भएको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

उनका अनुसार उक्त जनसभालाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। उनले डडेल्धुराबासीलाई उक्त जनसभामा उपस्थितिका लागि पनि अनुरोध गरे।

उनले सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै भनेका छन् “पत्रकारिता छाडेर पूर्णकालिन राजनीतिमा लागेको एक वर्ष भयो। यो एक वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको चौथो शक्ति बन्यो। केही समय सरकारको हिस्सेदार पनि भयो। पार्टी सभापति रवि दाईलाई अघिल्लोभन्दा बढि मत प्राप्त हुने गरी दोस्रोपटक चुनावमा प्रतिस्पर्धा गर्न बाध्य पारियो। यसबीचमा पार्टी विस्तारका लागि देशका सबै जसो जिल्ला पुग्यौं। तर, म गृहजिल्ला डेडेल्धुरा आउन सकेको थिइन। तपाईंका कुरा धेरै सुन्न, हाम्रा थोरै सुनाउन पहिलोपटक डेडेल्धुरामा कार्यक्रम राखेका छौं। त्यही भेटौं है।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.