parwat hotel
Citizan

हिजो सभामुख थिए आज मन्त्री भए गौतम

bhageswar small
Chure

१७ साउन, । कोशी प्रदेशमा सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय को जिम्मा दिइने भएको छ। सत्तारुढ गठबन्धनमा रहेका तीन दलले १/१ जना मन्त्री सरकारमा पठाउने सहमति गरेका छन् । मंगलबार नियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

lali

उनीसँगै माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगु र कांग्रेसबाट प्रदीप सुनुवारले शपथग्रहण गर्नेगरी भागवण्डा मिलेको हो ।

glam &
Citizan

सभामुखबाट मंगलबार राजीनामा दिएका गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार मन्त्रालय र सुनुवारलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

पहिलो चरणमा मुख्यमन्त्रीसहित चार जनाले शपथ ग्रहण गर्ने र विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी रहेको उनले बताए । मुख्यमन्त्री र मन्त्रीले मंगलबार ५ बजे शपथ ग्रहण गर्दैछन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.