Citizan

डडेल्धुरामा वडाअध्यक्ष र सचिवको मिलेमतोमा किर्ते गरी दुई लाख बढी रकम झ्वाम,

स्थानियले दिए कार्बाहीका लागि निवेदन

suchana alital
Chure

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–४ मा वडा अध्यक्ष र वडा सचिवले नै किर्ते हस्ताक्षर गरेर रकम झ्वाम पारेको तथ्य बाहिरिएको छ।
तथ्य बाहिर आएसंगै ५ जना स्थानीयले जिल्ला प्रशासन कार्यालयमा कार्बाहिका लागी निवेदन दिएका छन् ।
अमरगढी नगरपालिका–४ का वडा अध्यक्ष प्रमानन्द साहु र वडा सचिव केशवराज ओझाको मिलेमतोमा विपद् व्यवस्थापन शिर्षकको रकम किर्ते हस्ताक्षर गरि भुक्तानी गरेको पाइएको हो।

किर्ते भपाई…

glam &
dipti
Citizan

आर्थिक वर्ष २०७९०८० अन्तरगत वडा कार्यालयबाट विपद् व्यवस्थापनको शिर्षकमा रहेको ६५ हजार २४९ रकम विनियोजन गरिएको भएपनि विभिन्न शिर्षकबाट रकमान्तर गरी अनियमितता गरेको खुलेको छ।

वडाका ३६ जना स्थानीयको किर्ते हस्ताक्षर गरेर वडा अध्यक्ष प्रमानन्द शाहु र वडा सचिव केशवराज ओझाले रकम हिनामिना गरेको स्थानीयको आरोप छ। भरपाइमा नाम भएकी ललिता सिकर्मीले सामग्री र नगद नपाएको र कीर्ते हस्ताक्षर गरेको आरोप लगाइन्।

lali

उनले भनिन्, ‘मैले केही पाएन, दस्दखत पनि गरेन्। सामाजिक सञ्जालबाट थाहा पाए, के रहेछ भनेर आज बुझ्न आएकी हुँ।’

स्थानीयलाई त्रिपाल, टिन र ग्याबिन जाली वितरण गरेको देखाइएको छ । नक्कली तयार गरिएको भरपाईमा १ थान त्रिपालको तीन हजार ८८८ रुपैयाँ, १ थान टिनको ७३८ रुपैयाँ र ग्याविन ३२०७ रुपैयाँ दर राखिएको छ।

यसरी किर्ते हस्ताक्षर गरी झण्डै दुई लाख १३ हजार १७९ रुपैयाँ बराबर हिनामिना गरेको देखिएको छ । स्थानीय भुवन दमाई भन्छन्, ‘मैले निवेदन पनि दिएको छैन्। म शारीरिक अशक्त मान्छे हुँ। तर, मेरो नाममा भरपाई गरिएको छ।’

आश्चर्य जनक कुरा त के छ भने, वडा कार्यालय जुन व्यक्तिको घरमा भाँडामा छ। त्यही घरबेटी पवन थापाको नाममा त्रिपाल लगेको देखाएको छ। थापा भन्छन्, ‘नाम बेचेर कमाउने कार्य भयो। मेरो नाममा दुई वटा त्रिपाल लेखिएको छ। मलाई आवश्यकता नै छैन्।

स्थानियले दिएको कार्बाहीका लागि निवेदन...

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.