गए राती आएको भिषण बर्षाका कारण आलितालमा कहां-कहां भयो क्षति ?

sc mahendra

डडेल्धुरा : गएराती आएको भिषण बर्षाका कारण डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाको बिभिन्न ठाउंमा क्षति गरेको छ । बर्षाले आलितालको गोदाम बाहिरीसैन जोड्ने मोटरेबल पुलमा क्षेति पुर्याएको छ। अबिरल बर्षाले सुनखोलामा आएको बाढीले मोटरेबल पुलमा खोलाले भ्वाङ पारेको हो। अहिले ठूला सवारी आवत जावत अबरुद्ध रहेका छन्।


तेस्तै बुडर – जोगबुडा सडक खण्डको सुनखोलामा पनि पहिरो आउदा सडक अबरुद्ध भएको छ भने वडा न. ८ कै भंग्रेरी खोलामा पनि सडक अबरुद्ध भएको छ । उता आलिताल- ४ को जालटुडामा पनि खोलाले सडक अबरुद्ध गरेको स्थानियले बताएका छन् ।


तेस्तै बर्षाका कारण आलितालको घुम्ति बजारका केहि घरहरु पनि जोखिममा रहेका छन् । माथिबाट आएको सुनखोलाले बस्तीलाई जोखिममा पारेको हो । आलिताल -६ मा पनि गोठ भत्किदा पशुचौपाया पुरिएर मरेका छन्।

मंगलबार राति परेको अबिरल बर्षाका कारण आलिताल -६ असलाडीका मोतिराम कुँवरको गोठ भत्किदा एक हल गोरु, एकगाई र एक बाच्छो पुरिएर मरेका छन्। तेस्तै पालिका भरीका सम्पुर्ण शाखा सडकहरु पहिरो गई सडकहरु अबरुद्ध भएका छन् ।

सडकहरु अबरुद्ध भएका कारण कहां के कति क्षति भएको जानकारी आउन बाकी रहेको जनाइएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.