parwat hotel
Citizan

डडेल्धुराको आलितालमा पनि शिक्षक महासंघले धर्ना

bhageswar small
Chure

डडेल्धुराको आलितालमा पनि नेपाल शिक्षक महासंघले धर्ना कार्यक्रम सहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

महासंघले पालिका मार्फत जिल्ला,प्रदेश हुदै केन्द्रिय सरकारलाई पुर्याउने गरि पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन् ।

glam &
Citizan
lali


पालिकामा कार्यबाहक प्रशासकिय अधिकृत लक्षण कामीलाई आलितालका शिक्षक महासंघले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
राष्टिय शिक्षक संगठन आलितालका अध्यक्ष मान सिं साउदका अनुसार बर्तमान सरकारले तयार पारेर संसदमा पेस गरेको शिक्षा ऐनको मस्यौदा बिद्येयकमा शिक्षकका समस्या, बालबिकास शिक्षकका समस्या ,राहत शिक्षकका समस्या र शिक्षासंग सम्बन्धित विभिन्न समस्याहरुलाई कार्यन्वयनमा समस्या देखिएकोले धर्ना कार्यक्रम गरेको बताए ।

शिक्षक महासंघको केन्द्रिय सर्कुलर अनुसार नै पालिकामा धर्ना कार्यक्रम गरिएको नेपाल शिक्षक संघ आलितालका अध्यक्ष बासुदेब बोगटिले बताए । उनले शिक्षक महासंघ र शिक्षा मन्त्रालय बिच भएको सम्झौता अनुसार अहिलेको शिक्षा ऐनमा नसमेटिएकोले धर्ना बस्नु परेको बताए । एकिकृत नेपाल शिक्षक संगठन आलितालका अध्यक्ष जनालका अनुसार यो पहिलो चरणको धर्ना भएको र ३० गते जिल्लामा धर्ना र ३२ गते प्रदेश र १ गते केन्द्रमा धर्ना कार्यक्रम रहेको बताए ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.