Citizan

कहाँ छ?आलिताल बहुमुखी क्याम्पस स्थापना गर्न संकलन गरेको २३ लाख रकम

suchana alital
Chure
lali

बैशाख १ ,डडेलधुराको आलितालमा २०७२/०७३ सालमा अभिभावकले आलिताल बहुमुखी क्याम्पस स्थापना गर्न भनी करिब २३ लाख रुपैया चन्दा संकलन गरेका थिए, अहिले त्यहाँ न क्याम्पस स्थापना भयो न उठाएको पैसाको हिसाब किताब ? अहिले त्यो संकलन गरेको रकम कहाँ छ त ?भन्ने प्रश्न अभिभावकले गरेका छन । केही दिन अगाडी  दुर्गा माध्यमिक विद्यालयलाई तिन तारे बिद्यालय घोषणा गर्ने कार्यक्रममा बोल्दै कृष्ण दत्त जोशीले हामीले क्याम्पस स्थापनाका लागि संकलन गरेको रकम कहाँ छ भनी प्रश्न गरे ? तेस्तै उक्त बिद्यालयका पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धन बहादुर देउबाले आफुहरुले क्याम्पस स्थापनाका लागि जम्मा गरेको रकम पालिकाले फिर्ता गर्ने गरि लगेको तर फिर्ता नगरेको भन्दै तुरुन्त फिर्ता गर्न आग्रह गरे । प्रमुख अतिथीका रुपमा उपस्थित आलिताल गाउँ पालिका अध्यक्ष बल बहादुर गुरुङलाई लक्षित गर्दै देउबाले आलितालको गोदाममा बर्थीङ सेन्टर स्थापनाको लागि जग्गा खरिद गर्न भन्दै १५ लाख पचास हजार रकम पालिकाले फिर्ता गर्ने गरि लगेर बारम्बार सुचना गर्दा पनि आज सम्म फिर्ता के कारणले नगरेको भनेर प्रश्न गरे ।
उता पालिका अध्यक्ष बल बहादुर गुरुङले अभिभावकको प्रश्नको उत्तर दिदै आफुहरु आउनु भन्दा अगाडी नै क्याम्पस स्थापना गर्न भनिएको रकम बर्थीङ सेन्टरको जग्गा खरिद गर्न लगिएता पनि त्यो रकम तुरुन्तै फिर्ता गर्ने बताए । उनले भने केही कानुनी जटिलताका कारण हामिले रकम फिर्ता गर्न ढिलाइ भएको हो उनले थपे आलिताल बहुमुखी क्याम्पस स्थापनाको लागि हामिले सम्पुर्ण आबश्यक कागजात सबै तयार गरेर सम्बन्धित निकायमा पेस गरि सकेका छौँ अब क्याम्पस स्थापना गर्न आबश्यक बजेट बिनियोजन गर्ने छौँ ,१५ लाख फिर्ता मात्र होएन अब क्याम्पस नै स्थापना हुन्छ विद्यार्थीभाइ बहिनीहरु अब ढुक्क हुनुहोस ।
कहाँ छ २३ लाख ?
स्थानिय सरकार आउनु भन्दा अगाडी २०७२/०७३मा आलितालमा बहुमुखी क्याम्पस स्थापना गर्न भनी एक आयोजक कमिटी गठन हुन्छ । तेहि समितीको नेतृत्वमा विभिन्न सामुदायिक बन ,विभिन्न संघ संस्था तथा ब्यक्तिहरुसङ्ग चन्दा संकलन गरिएको रकम हो त्यो २३ लाख । जस मध्ये १५ लाख ५० हजार आलितालको गोदाममा बर्थीङ सेन्टर स्थापनाका लागि जग्गा खरिद गर्न भन्दै पछि फिर्ता गर्ने शर्तमा दिइएको थियो भने २ लाख जति ब्यबस्थापनमा खर्छ भएको र बाकी रकम क्याम्पसकै खातामा हुनु पर्ने धन बहादुर देउबाले बताए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.