अलितालमा दश शैयाको अस्पताल:म्याद सकिदा पनि निर्माण कार्य अलपत्रै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा,। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सारेका थिए। सोही अनुरूप सुदूरपश्चिममा ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो।

उक्त योजना अन्तर्गत आलिताल गाउँपालिका –८ गोदाममा १० शैयाको अस्पताल निर्माणको शिल्यान्यास तत्कालिन गाउँ पालिका अध्यक्ष बल बहादुर गुरुङले गरेका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिका बन्न लागेको १० शैयाको अस्पताल निर्माणलाई २०८० असार सम्म सम्पन्न गर्ने गरि संघिय सरकारको बजेटबाट अस्पताल निर्माणका लागि भिम बहादुर साउदको कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिसंग आलिताल गाउँपालिकाले रु ७ करोड ३९ लाख ९७ हजार ५ सय ४१ रुपैयाँमा सम्झौता भएको थियो। दुई बर्षमा सम्पन्न गर्ने सम्झौता भएता पनि आज सम्म अस्पतालको काम भने अलपत्र नै छ ।

Dadeldhura Hospital

निर्माण अबधि सकिदा सम्म १२ प्रतिशत मात्र काम भएको पाईएको छ । निर्माण कम्पनीले आजको मिति सम्म ८३ लाख २० हजार रकम भुक्तानी लिई सकेको आलिताल गाउंपालिका सब इन्जिनियर राजेन्द्र रावलले जानकारी दिए । स्रोतका अनुसार उक्त अस्पताल निर्माणका लागी संघिय सरकारबाट नै बजेट नआएको कारण निर्माण कार्यमा समस्या रहेको बताइएको छ ।

सम्बन्धित समाचार….

आलितालमा बन्न लागेको १० शैयाको अस्पताल निर्माणमा ठेकेदार कम्पनीबाट ढिलासुस्ती

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.