चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज २१ देखि सञ्चालन हुने

sc mahendra

धनगढीः दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ।

मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुनेछन्। अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यसहित सहुलियत पसल सञ्चालन हुन लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्।
कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ७ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ। दुग्ध विकास संस्थानले अत्तरिया र धनगढीमा सुपथ मूल्य पसलसहित एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने जनाएको छ।

चाडबाडको अवसरमा आम उपभोक्तालाई राहत दिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। बजारमा कृत्रिम अभाव तथा महँगी बढ्दै जाँदा सुपथ मूल्य पसलबाट सस्तो मूल्यमा उपभोग्य वस्तु किन्न पाउँदा उपभोक्तालाई सहज हुने अपेक्षा समेत गरिएको छ।
सुपथ मूल्य पसलबाट चिनी, नुन, चामल, साबुन लगायतका सामग्री बिक्री वितरण गरिने तयारी छ। चाडपर्वका समयमा सर्वसाधारणले दैनिक उपभोग गर्ने दाल, चामल, नुन, चिनी, तेलदेखि घ्यू लगायतका खाद्य वस्तुहरू बजार भाउभन्दा कम मूल्यमा सरकारले बेच्ने दाबी गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.