parwat hotel
Citizan

समाजसेवी बिष्टद्वारा बालबालिकालाई कपडा वितरण

bhageswar small
alital janahit
lali

असोज १३ ,
समाजसेवीको रुपमा चिनिदै आएका बिनोद बिष्टले आज एक विद्यालयको बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् ।
समाजसेवी बिष्टले आलिताल गाउंपालिका वडा न. ५ सिराडीमा रहेको बलवान प्राथमिक बिद्यालयका वालविकासमा अध्ययनरत बालबालिकालाई न्यानो कपडा बितरण गरेका हुन् ।
बिष्टले वालविकासमा अध्ययनरत बालबालिकालाई २१ वटा टि सर्ट र पांच वटा ज्याकेट प्रदान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप सार्कीले बताए । कपडा वितरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सुदुर पश्चिम प्रदेशका प्रदेश सदस्य चन्द्रा ऐर,वडा न. ५ का दलित महिला सदस्य सुस्मीता सार्की लगायतको उपस्थिति रहेको थियो । बिष्टले केहि दिन अगाडी आलिताल वडा न. १ का पहिरो पिडितलाई खानेपानीका पाईप लगायतका सामाग्री उपलब्ध गराएका थिए । बिष्टले बिभिन्न समस्यामा परेका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आइरहेका छन् ।

आलितालका पहिरो पिडितलाई समाजसेबी बिष्टको सहयोग

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.