डडेल्धुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको आलिताल गाउंपालिका वडा न. ७ राउजाली बस्ने बर्ष २२ का राजेस बिष्टको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गगन सिंह भांटका अनुसार मेन लाइनबाट तार तानेर नजिकैको सुनखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए । आज साझ करिब ६ बजे बिष्टको करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागी जोगबुडा अस्पताल लगिएको थियो । अस्पतालका सुचना अधिकारी जितेन्द्र घिमिरेकाम अनुसार बिष्टको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताए । घटनाको विस्तृत भने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।