रेशम चौधरीविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

sc mahendra

धनगढीः रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार रेशम चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको सूचना अधिकारी घिमिरेले जानकारी दिए। टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए।

You might also like
Leave A Reply

Your email address will not be published.