डडेल्धुराको आलितालमा नेपाल टेलिकमले मोवाईल टावर स्थापना गरेर आज (शुक्रबार)देखि सेवा विस्तार गरेको छ ।
आलिताल गाउँपालीका –७ बलौंचा गाउँको डाँडामा टावर निर्माण गरेर टेलिकमले आफ्नो सेवा विस्तार गरेको हो । टेलिकमको सेवा सञ्चालनमा आएपछि तेस आसपासका बासिन्दाहरुलाई सूचना आदानप्रदान गर्न सहज भएको छ । यसअघि मोवाईल टावर नहुँदा आसपासका बासिन्दालाई कठिनाई उत्पन्न भएको थियो ।
आलिताल गाउंपालिका वडा न. ७ का अध्यक्ष बिर बहादुर बोहराका अनुसार राष्टिय सभा सदस्य जगत पार्कीको बिशेष पहलमा वडामा टेलिकम सेवा विस्तार गर्न सफल भएको बताए । अहिले उक्त क्षेत्रमा टेलिफोन सेवासंगै फोर जि सेवा पनि संगै प्रदान गरेको छ ।