डडेल्धुरामा नेपाली सेनाको देउसी–भैलो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा संस्कृति झल्काउने खालको देउसी–भैलो खेलिएको छ। सोमबार अमरगढी नगरपालिका–१ दहमा रहेको रणबम गणको आयोजनामा देउसी–भैलो खेलिएको हो।

Dadeldhura Hospital


अमरगढी नगरपालिका–५ बसपार्कमा नेपाली सेनाले संस्कृति झल्काउने उदेश्यका साथ देउसी–भैलो कार्यक्रम राखेको हो। तिहारको पाँचदिन धुमधामसँग देउसी भैलो खेल्ने चलन रहेको भएपनि पछिल्लो समयमा मौलिक भैलो हराउँदै गएको छ।
पुरानो संस्कृतिको संरक्षण गर्ने उदेश्यले देउसी–भैलो कार्यक्रम आयोजना गरिएको रणबम गणका गणपति एवं प्रमुख सेनानी प्रवीण थापाले बताए। नेपाली सेनाका जवनाहरूले दौरा–सुरुवाल र ढाका टोपी तथा चोलो, पटुकीसहित आकर्षक पोशाकमा सजिएर देउसी भैलो खेलिएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा


देउसी–भैला कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य सरस्वती खड्का, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रहरी नायब उपरीक्षक दीपककुमार कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर पाल, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र स्थानीयबासीको उपस्थिति रहेको थियो।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.