डडेल्धुरा बजारको तीन वटा पसलमा आगलागी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका ५ बागबजारस्थित तीन वटा पसलमा आगलागी भएको छ। बागबजारको शुलभ फेन्सी, कैलपाल मेडिकल र शिशिर फेन्सीमा आगलागी भएको हो।

Dadeldhura Hospital

शनिबार राति पौने ९ बजेतिर आगलागी भएको थियोे। अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टा पछि आगो नियन्त्रणमा लिएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

आगलागीबाट दुइटा फेन्सी पसलमा रहेका कपडाहरू जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मेडिकलमा रहेका औषधिहरू पनि जलेका छन्। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.